विद्यार्थीले तीन महिनामा ३२ अर्ब विदेश लगे

गत ३ महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले ३२ अर्ब १८ करोड रुपैयाँ लगेका छन्।

यता साउन–असोजकै अवधिमा विदेश घुम्न जानेले ५५ अर्ब ७८ करोड खर्च गरेका छन्।

राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भएको छ।

३ महिनामा तथ्यांक हेर्दा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा छ। अघिल्लो वर्ष यही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोडले घाटामा थियो।

नेपालले विदेश गएर गर्ने खर्चको तुलनामा कम नै भए पनि पर्यटक आगमन बढ्दा भ्रमण आम्दानी ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ। गत वर्ष यस्तो आम्दानी १७ अर्ब १३ करोड रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?