डेडिकेटेड तथा ट्रंक लाइन विवादमा उर्जामन्त्रीले गरे हस्तक्षेप

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न प्राविधिक समिति गठन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा.डा.अरबिन्द मिश्रको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा नेपाल विद्युत् प्राधिकरणका पूर्व निर्देशक श्रीरामराज पाण्डे र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्ले रहेका छन् । डेडिकेटेड र ट्रकलाइन विद्युत महसुल बक्यौता सम्बन्धी आवश्यक सत्यतथ्य विवरण र प्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्ने कार्यादेश समितिलाई दिइएको मन्त्रालयका उर्जा सचिव सुरेश आचार्यले बताए ।

उनका अनुसार समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई टीओडी मिटरका आधारमा पुनः गणना गरी जाँच गर्ने छ ।

समितिले यस विषयमा अध्ययन र प्रमाणीकरण गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ । त्यसपछि मन्त्रालयले आवश्यकताका आधारमा प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाउने सचिव आचार्यले बताए ।

मन्त्रिपरिषद्को गत आइतबार बसेको बैठकले टीओडी मिटरसहित तत्काल प्रचलित कानूनबमोजिम डेडेकेटेड र ट्रंक लाइनको विद्युत् महसुल गणना गरी १५ दिनभित्र बक्यौता अशुली गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?