राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कार्यकारी प्रतिवेदन पेश गरेको छ । आइतबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलाई उक्त कार्यकारी प्रतिवेदन सारांश पेश गरिएको हो ।

प्रतिवेदन सारांश बुझ्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरु रहेको बताए । उनले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा दबाबमा वा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको अवस्था भएको बताए ।

उनले भने, ‘हामीले आशा गरिरहेका छौं की हामीसँग अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरु छन् । तर सँगसँगै धेरै चूनौतिहरु पनि देखा परिरहेको अवस्था छ । अहिले हामीले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको अवस्था छ ।’

साथै गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको देखिएको छ ।

गत आर्थिक वर्षमा कुल राजस्व संकलन १० खर्ब ८२ अर्ब रुपैयाँ सकलन भएकोमा सरकारी खर्च १४ अर्ब ८ अर्ब रुपैयाँ भएको थियो ।

राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म ७३ अर्ब ढ९ करोड ९० लाख बराबरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरु चलनचल्तीकोलागि निष्काशन गरेको थियो । २०८१ असार मसान्तसम्म कुल ६ खर्ब ९० अर्ब १५ करोड बराबरका नोटहरु चलनचल्तमिा रहेका छन् ।

गत आर्थिक वर्षमा १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड विदेशी ऋणको लेखाङकन भएको छ ।

यस्तो छ प्रतिवेदनको कार्यकारी सारांश

१. विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोष ९क्ष्ःँ० द्वारा २०२४ अक्टोबरमा प्रकाशित ध्यचमि भ्अयलयmष्अ इगतयियप अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो ।

२. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ ।

३. आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।

४. आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

५. आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई रु.१५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई रु.१५९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर रु.१४४० अर्ब ६० करोड रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।

६. आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रु.२२१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.२०४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

७. आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.१० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च रु.१४ खर्ब ८ अर्ब २ करोड रहेको छ ।

८. आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

९. आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरूमार्फत कुल रु.४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कुल रु.८ खर्ब ४ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रु.१ अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ ।

१०. आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर ३.६२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?