विकास खर्च करिब १० प्रतिशत मात्रै

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड रूपैयाँ बराबरको बजेट ल्याएको थियो। कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रूपैयाँ खर्च भएको छ।

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ। चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रूपैयाँ बराबर खर्च भएको छ।

पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रूपैयाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रूपैयाँ बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ।

कात्तिक मसान्तसम्मको राजस्व संकलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा हालसम्म तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख रूपैयाँ बराबर खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकामा हालसम्मको प्रगति शून्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?