रविकाे रिहाइको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेर समय मागेको प्रवक्ता मनिष झाले बताए ।

अहिलेसम्म प्रधानमन्त्रीको कार्यालयबाट जवाफ आएको छैन । प्रधानमन्त्रीले समय दिएलगत्तै सांसदहरुले भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ ।

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रको विषयमा आज पार्टीका सांसदहरु बसेर छलफल गरेका छन् । प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रमा सभापति लामिछानेको विषयमा केन्द्रित हुने एक सांसदले बताए ।

रास्वपाले सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आइरहेको छ । रास्वपाको यो कदमप्रति प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?