डोनाल्ड ट्रम्पको सानदार जीत

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उनी दोस्रो व्यक्ति बनेका छन् ।

सन् २०१६ मा हिलारी क्लिन्टनसँग चुनाव जितेर ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड ट्रम्पले त्यो समयमा लोकप्रिय मत गुमाए पनि इलेक्टरहरुको मतले जितेका थिए । ३०६ मत ट्रम्पको आएर २७० को थ्रेसहोल्ड कटेर उनी विजय भएका थिए ।

सन् २०२० को चुनावमा भने उनले २३२ मात्रै इलेक्टरको मत पाएर पराजित भए । यो वर्षको चुनावमा फेरि डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्ने भएका छन् । उनको विजयको औपचारिक घोषणा हुन बाँकी भए तापनि उनले विजय भएको उद्घोष गरिसकेका छन् ।

ट्रम्पको जीतमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुदेखि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसम्मले बधाई दिइसकेका छन् । नेतान्याहुले त ट्रम्पको जीतलाई ‘इतिहासको सबैभन्दा महान पुनरागमन’को उपमा दिएका छन् ।

अमेरिकाका कडा प्रतिस्पर्धा हुने राज्यहरु जसलाई ब्याटलग्राउन्ड स्टेट्स भनिन्छ, त्यहाँ ट्रम्पले अग्रता लिएपछि जीत सम्भव भएको विश्व मिडियाहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?