लक्ष्मी पुजाको दिन विद्युतको माग १६०२ मेगावाट

लक्ष्मी पुजाको दिन विद्युतको आन्तरिक उच्च माग (पीक डिमाण्ड) १६०२ मेगावाट पुगेको छ ।

लक्ष्मी पुजाको दिन देशभर झिलिमिली बत्ति बाल्दा पनि जम्मा आन्तरिक पीक डिमाण्ड १६०२ मेगावाट पुगेको हो । तिहार झिलिमिली बत्तिको पर्व हो । झिलिमिलि बत्ति बालेर लक्ष्मी पुजा मनाउने चलन छ । लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषका अनुसार आन्तरिक रुपमा खपत भएर बढी भएको २५३ मेगावाट बिजुली भारत निर्यात भएको छ ।

‘जम्मा १६०२ मेगावाट खपत भएको छ । हिजो नेपाल र बंगलादेशबीच फुटबल गेम हुँदा १८०० मेगावाट खपत भएको थियो,’ उनले भने, ‘हिजो नेपालभरी बाट नै लोड आएको थियो । उकपरणहरु चलेका थिए । सोही कारण खपत बढेको हो ।’ गत वर्ष करिब १६०० मेगावाट पीक डिमाण्ड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?