अबरुद्ध राजमार्ग खुलाउन सेना प्रयोग गर्ने तयारी, यातायातमन्त्री-रक्षामन्त्रीबीच विशेष छलफल

अबरुद्ध राजमार्ग खुलाउन सेना प्रयोग गर्ने तयारी सरकारले गरेको छ।

बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरि यातायात सहज बनाउन सेना समेत प्रयोग गर्नेबारे भौेेतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच सिंहदरबारमा छलफल भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतीग्रस्त सडकको मर्मत र निर्माणका लागि कुराकानी भएकाे समाचार स्रोतले बतायो ।

छलफलमा चाडपर्वको समेत बेला भएकाले जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरि यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने रक्षामन्त्रीले बताएका छन् ।

वीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीहरु विचमा छलफल भएको स्रोतको दाबी छ ।

छलफलमा मन्त्रालयका सचिव केशकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु समेत सहभागी रहेका थिए ।

सडक विभागले क्षतिग्रस्त सवै स्थानहरुमा प्राविधिक तथा उपकरणहरु परिचालन गरि सवारी आवागमन सहज बनाउने काम गरि रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?