उद्योगमन्त्रीकाे एक्सनपछि स्वाट्टै घट्यो बजारमुल्य, उपभोक्तालाई सहजता

पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मुल्य घटेको छ ।

नितिगत रुपमा बजार हस्तक्षेप, नियमीत अनुगमन तथा सुपथ मुल्यका पसलहरु सञ्चालन गरेपछि बजार मुल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको छ ।

अहिले बजारमा चिनिमा प्रतिकेजी १५ रुपयाँ र खानेतेलमा प्रतिलिटर १० रुपयाँ घटेको पाइएको छ । यसका साथै नून, दाल, पिठो, मैदाको पनि मुल्य घटेको छ ।

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित सुपथ मुल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध भैरहेका छन् । चाडपर्वको समयमा उपभोग्य बस्तुहरुको मुल्य घटेपछि उपभोक्तालाई सहज भएको छ । खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको प्रयाप्तता रहेको छ ।
अहिले मन्त्री भण्डारीको निर्देशनमा तिव्र रुपमा बजार अनुगमन भैरहेको छ । ७ असोजमा ३५ रुपयाँ पर्ने बोतलको पानी १सय रुपयाँमा बिक्रि गरेको पाइएपछि काठ्माण्डौँ स्थीत जिम्बु रेष्टुरेण्टलाई कारवाहि गरि ३ लाख रुपयाँ जरिवाना अशुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एम.आर.पी. भन्दा बढि मुल्यमा सामान बिक्रि भएको पाइएमा तुरुन्त खबर गर्न सुचना जारि गरेको छ ।
मन्त्री भण्डारीले १सय दिनकालागि तयार गरेको कार्ययोजनामा ४हजार ३सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पुर्व सूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरु उल्लेख गरेकाछन् ।
नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुजे्रका सामानहरु विक्रि वितरणमा कमि आएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहिन खानेकुरा विक्रि हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीरढंगले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमीतता रोक्नुपर्ने बताएका थिए । सोहि अनुरुप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थीति हटाउन निगितग सुधार गर्दै आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?