आयात बढेसँगै दुई महिनामै सरकारले उठायाे ३९ अर्ब राजस्व

चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागले एक महिनाको अवधिमा नै ३९ अर्ब रुपैयाँभन्दा बढी भन्सार राजश्व संकलन गरेको हो ।

साउन महिनामा विभागले ३४ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको थियो । भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँले बढेर ७४ अर्ब ३१ करोड पुगेको हो । यो गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा समेत बढी हो ।

गत आर्थिक वर्षको २ महिनाको अवधिमा भन्सार विभागले ६७ अर्ब ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । जुन, चालू वर्षको २ महिनाको तुलनामा ६ अर्ब ८४ करोडले न्यून हो । गत वर्षको तुलनामा बढ्दाको प्रभाव भन्सार राजश्वमा समेत परेको छ ।

गत आर्थिक वर्षको भदौ महिनासम्म २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको आयात भएको थियो । सो तुलनामा चालू वर्षको २ महिनाको अवधिमा १.०८ प्रतिशतले आयात बढेको छ । यससँगै चालू वर्षको भदौसम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ ।

४ अर्ब ८० करोड रुपैयाँले आयात बढ्दा भन्सार राजश्व भने ६ खर्ब ८४ अर्ब रुपैयाँले बढेको हो । अर्थमन्त्रालयले यतिबेला भन्सार राजश्व संकलनमा कडाई गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पटक–पटक विभागलाई भन्सार राजश्व संकलनमा कडाई गर्न निर्देशन दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?