सरकार उद्योगीको साथमा छ : उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उहाँले सरकार र निजिक्षेत्र मिलेर जानुपर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले नितिगत सुधारका लागि सरकारले निजि क्षेत्रको सुझाव लिएको बताउनुभयो । उहाँले मन्त्रालय सुधार कार्ययोजना तयगर्ने बेला सबै क्षेत्रका व्याक्तिहरुसंग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताउनुभयो ।

उहाँले “आर्थिक मन्दी”का कारण व्यवसायीहरुलाई परेको आर्थिक संकटको समाधानगर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताउनुभयो । युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउदैँ उहाँले वर्तमान चुनौतिहरुलाई सम्भावनामा बदल्न आग्रह गर्नुभयो । युवाहरुले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उहाँको भनाई छ ।
मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानियतह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्यगर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

जनतामा “सरकार मेरो हो” भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उहाँले भन्नुभयो, “सरकार एमालेको, कांगे्रको वा अन्य कुनै दलको हो भन्ने होइन्, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ । सरकारबाट जनताले आशा राख्न छाड्नु हुदैँन् । बरु नितिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरु सच्याउछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउछौँ ।”

उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभा संखमुलमा आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?