बजारमा अधिक तरलता : राष्ट्र बैंकले एक खर्ब रुपैयाँ उठाउने

नेपाल राष्ट्र बैंकले बजारबाट फेरि एक खर्ब रुपैयाँ उठाउने भएको छ ।

बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले भदौ ३० गते अर्थात आइतबार पुन: एक खर्ब रुपैयाँ उठाउन लागेको हो । २१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको एक खर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असोज २० गते फिर्ता पाउनेछन् ।

क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले न्युनतम १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि:शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्नेछन् । बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?