बैंकिङ प्रणालीमा ६४ खर्ब ७१ अर्ब पुग्यो निक्षेप रकम

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अहिले ६४ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप जम्मा छ । बैंकहरूले अहिलेसम्म ५२ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर कर्जा प्रवाह गर्न पाउँछन् । तर, अहिले सीडी रेसियो ७८ दशमलव ९५ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग अहिले छ खर्ब २४ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।
वाणिज्य बैंकहरूसँग ५७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै ४६ खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । वाणिज्य बैंकहरूसँग मात्रै पाँच खर्ब ७० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप सङ्कलन सात खर्ब २६ अर्ब रुपैयाँ छ भने छ खर्ब रुपैयाँ कर्जा लगानी छ । विकास बैंक र फाइनान्स कम्पनीहरूसँग ५४ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । अहिले बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाबीचको अनुपात अर्थात् सिडी रेसियो ७८ दशमलव ९५ प्रतिशत छ । कर्जाको विस्तार न्यून भएपछि बैंकहरूले ब्याजदर घटाएर एकल बिन्दुमा झारेका छन् ।
बजारमा वस्तुको माग बढ्न नसक्दा उत्पादन खुम्चिएकोे छ । उद्योगीहरूले बैंकबाट ऋण लिएर उत्पादन बढाउन सकिरहेका छैनन् । यही कारण बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?