१० करोड रुपैयाँभन्दा बढीको चेक अनादर प्रमाणित भए चार वर्ष कैद सजाय हुने

काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिबाट पारित गरिएको छ । १० करोड रुपैयाँभन्दा बढीको चेक अनादर प्रमाणित भए चार वर्ष कैद सजाय हुने प्रावधानसहित हालै समितिबाट विधेयक पारित गरिएको हो ।

आइतबार नै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने सहमति गरिएको थियो । समितिका सभापति सन्तोष चालिसेले १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष, एक करोडभन्दा बढीमा दुई वर्ष र १० करोड रुपैयाँभन्दा माथिमा चार वर्ष कैद सजाय हुने सहमतिसँगै विधेयक पारित गरिएको बताए ।

Dabur Nepal
NIC Asia
समितिमा सांसदहरूले ठूलो रकमको बिगो भएको मुद्दामा सजाय धेरै हुनुपर्ने माग गरेका थिए । त्यसपछि १० करोडभन्दा माथि बिगोमा चार वर्ष कैद सजाय थप गरी विधेयक पारित गरिएको हो ।

समितिले पारित गरेको विधेयक प्रतिनिधिसभामा पेस गर्न समय माग गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।

०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरिएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले ०८० असोज १६ गते यो विधेयक संसद्‌मा दर्ता गराएका थिए ।

चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरूपता दिन सरकारले विधेयक ल्याएको हो । कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नपाउने विधेयकमा व्यवस्था गरिएको छ ।

चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिई खातामा आवश्यक रकम जम्मा गर्न खातावालालाई जानकारी दिई अभिलेख राख्नुपर्ने व्यवस्था राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?