१ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

२ भदौमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब खिचेकोमा आइतबार उक्त उपकरण परिपक्व हुँदैछ । उक्त उपकरणको सावाँ ब्याज भुक्तानी हुने दिन नै पुन २१ दिनका लागि १ खर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो । यसअघि १२ भदौ र १९ भदौमा ४०/४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो थियो । जसमध्ये १२ भदौमा २२ अर्ब २० करोड र १९ भदौमा ३७ अर्ब ८० करोड निष्कासन गरेको थियो । २१ दिन अवधिको दुवै उपकरण परिपक्व हुन बाँकी छ ।

चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंकले २ अर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गरीसकेको छ । जसनभ्ये १ खर्ब ५८ अर्ब ६० करोड बक्यौता छ । १ खर्ब आज परिपक्व हुन लागेकोमा १ खर्ब खिच्ने भएको हो ।

यसबाहेक स्थायी निक्षेप सुविधा अन्तर्गत ५६ खर्ब ७५ अर्ब १० करोड तललता खिचेको छ । जसमध्ये १ खर्ब २० अर्ब १५ करोड बक्यौता छ । चालु आवमा २१ खर्ब २१ अर्ब ५० करोड तरलता खिचेकोमा २ अर्ब ७८ अर्ब ७५ करोड बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?