बैंकका कर्मचारीलाई साढे ९ अर्ब बोनस

गत वर्षको कमाईबाट २० वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि साढे ९ अर्ब रुपैयाँभन्दा बढी छुट्याएका छन् ।

प्रत्येक बैंक तथा वित्तीय संस्थाले बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस वापत छुट्याउने गरेका छन् । यसरी छुट्याइएको रमकबाट बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ छुट्याएका हुन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको बोनस दर २.२१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले बोनस वितरणका लागि ९ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छुट्याएका थिए ।

कर्मचारीलाई सबैभन्दा धेरै बोनस बाँड्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको नाफाबाट यस बैंकले कर्मचारीलाई १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बोनस बाढ्नेछ । त्यस्तै, ग्लोबल आइएमई बैंकले नाफाबाट १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस दिनेछ । गत वर्षको तुलनामा यसको बोनस दर ९.१७ प्रतिशतले घटेको हो ।

१ वर्षको अवधिमा १३ बैंकको बोनस रकम घटेको छ भने ७ बैंकको बढेको छ । सबैभन्दा कम बोनस बाड्नेमा सरकारी स्वामित्वको नेपाल बैंक देखिएको छ ।

यस बैंकले १५ करोड २१ लाख रुपैयाँ बोनस छुट्याएको छ । बैंकहरुले घोषणा गरेको बोनस उनीहरुको साधारण सभाले पारित गरेपछि अधिकांश बैंकहरुले वितरण गर्नेछन् भने केहीले आर्थिक वर्षको अन्त्यपछि दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?