बैंकिङ प्रणालीमा अधिक तरलता : ४० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि ४० अर्ब तरलता खिच्ने भएको छ । स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत् नियमित रूपमा तरलता खिचिरहेको राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरण मार्फत थप ४० अर्ब तरलता खिच्ने भएको हो ।

अघिल्लो दिन मंगलबार मात्रै स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत प्रणालीबाट १ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ उठाएको राष्ट्र बैंकले बुधबार २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बोलकबोल गर्ने भएको हो । मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन सकिनेछ। जसको सावाँ र ब्याज भुक्तानी असोज २ गते हुनेछ । ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ ।

बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी बोलकबोल हुने रकमसम्मको आवेदन दिन सक्नेछन् । उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय बजारमा अधिक तरलताको स्थितिमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न आवश्यकता अनुसार राष्ट्र बैंकले आफ्ना काउन्टरपार्टीहरूबाट संकलन गरिने निक्षेप उपकरण नै निक्षेप संकलन उपकरण हो । यसअघि भदौ ११ गते मंगबार मात्रै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत प्रणालीबाट १ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ उठाएको छ।

यसमा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन्। स्थायी निक्षेप सुविधाअन्तर्गत चालु आर्थिक वर्ष सुरु भए यता मात्रै राष्ट्र बैंकले १८ पटक गरेर ५१ खर्ब ६ अर्ब ५५ करोड रूपैयाँ उठाएको छ। यसमध्ये १ खर्ब ७४ अर्ब रूपैयाँ मात्रै बैंकहरूमा फिर्ता हुन बाँकी रकम हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?