आरजुले नरूचाउँदा परराष्ट्र सचिव सेवा लम्साल ‘पदच्यूत´ !

परराष्ट्र सचिव बनेको आठ महिना मै सेवा लम्सालले परराष्ट्र मन्त्रालयका उपल्लो पदबाट हात धुनु परेको छ ।

२०८० मंसिर २९ मा सचिव भएकी लम्साल अझै एक वर्ष २०८२ असारसम्म सचिव रहेर काम गर्ने अवसर रहँदारहँदै उनलाई बेल्जियमको राजदूत बनाएर पठाउन सरकारले निर्णय गरिसकेको छ । जसको कारण सेवाले परराष्ट्र सचिवको कार्यभार सम्हाल्न नसक्नुलाई लिइएको परराष्ट्र मन्त्रालयमा दैनिक चर्चा चल्ने गरेको छ ।

‘सचिव लम्सालबाट सामान्य काम पनि लिन नसकेपछि परराष्ट्र मन्त्री डा आरजु राणा असन्तुष्ट हुनुहुन्थ्यो र काममा दखल भएका र इमान्दार छवी भनेर चिनिने सहसचिव अमृत राईबाटमात्र मन्त्रालयका काम सम्पादन गर्न सकिने निचोडका साथ उहाँलाई राजदूतमा सिफारिस गरिएको हो ।’– परराष्ट्र मन्त्रालयका एक उच्च अधिकृतले भने ।

लम्सालले आठ महिनाको अवधिमा नेपाली कांग्रेसका नेता एनपी साउद, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्दा सचिव पदमै रहेर कार्य सम्पादन गरिसकेकी थिइन् । पछिल्लो गठबन्धनमा डा राणा परराष्ट्रमन्त्री बनेपछि महिला मन्त्री र महिला नै सचिव हुँदा कार्यसम्पादनमा सहज हुने आङ्कलन सबत्र गरिएको थियो । तर, त्यो आङ्कलनले लामो समय टिक्न सकेन र सरकारले लम्साललाई पाखा पार्दे सहसचिव अमृत राईलाई परराष्ट्र सचिव बनाउने ढोका खोलेको हो ।
मन्त्रालयका वरिष्ठतम् सहसचिव राईको कामलाई हालका दिनसम्म सबैले प्रशंसा गर्दै आएका छन् ।

सामान्य व्यक्ति, विवादरहीत र कार्यसम्पादनमा सधैं अब्बल रहेका उनलाई सरकारले कायमुकायम सचिवको जिम्मा दिइसकेको छ । लम्साललाई सचिवबाट नहटाएको भए ०८२ असारपछि राई नै वरिष्ठतम्का आधारमा सचिव हुने नै थिए । अब भने उनको सचिव पदको समय बढी हुने छ । निजामति सेवामा सचिवको कार्यकाल ५ वर्षको रहने व्यवस्था छ ।

‘सहसचिव राई विना मन्त्रालयका काम नै सम्पादन गर्न सहज नभएपछि लम्साललाई राजदूतमा सिफारिस गर्नु परेको हो । यसमा सचिव लम्साल भने सहमत थिइनन् । उनी राजदूत त हुने तर सचिवको कार्यकाल सकिएपछि भन्ने मान्यतामा रहेकै बेला सरकारले उनलाई राजदूतमा पठाउने निर्णय गरेको हो ।’– परराष्ट्रका एक अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?