सामसङको ग्यालेक्सी ए र ट्याब एस ९ एफई सिरिजमा सर्कल टु सर्च सुविधा

काठमाडौं । सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार गरेको छ । सामसङ र गुगलको सहकार्यमा सर्कल टु सर्च सुविधा निर्माण गरिएको हो ।

सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै यी दुई सिरिजको लागि गुगलमा सर्कल टु सर्चको उपलब्धताको घोषणा गरेको छ । कम्पनीका अनुसार सर्कल टु सर्चको विस्तारले सकेसम्म धेरै प्रयोगकर्ताहरूलाइ उत्कृष्र्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिनेछ । ग्यालेक्सी ए सिरिजमा सर्कल टु सर्चको उपलब्धतालाई पछ्याउँदै ग्यालेक्सी ट्याब एस९ एफइमा पनि यो सुविधा विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस२४ सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, यसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ ।

पछिल्लो ग्यालेक्सी जेड फिल्प६ र जेड फोल्ड६ लगायत उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत, क्यूआर र बारकोड स्क्यानिङ गर्ने क्षमताको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ । अब, ग्यालेक्सी ए सिरिज र ट्याव एस९ एफइ सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि सर्कल टु सर्चको सेवा लिन सकिने भएको हो । सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका प्रमुख टिएम रोअले यी अपडेट्सहरूले ग्यालेक्सी ए सिरिज र ट्याव एस९ एफइ सिरिजका लागि नयाँ सम्भावनाहरू खोल्ने बताए । साथै यसले अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई सुदृढ पार्ने उनको भनाई छ ।

सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो । डिभाइसमा जब सर्कल टु सर्च सुविधा सक्षम हुन्छ, प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको पाठ, छवि वा भिडियो चयन गर्न स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन् । यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम रहेको कम्पनीले जनाएको छ । यसले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?