सेयर बजारबाट एकै महिनामै उठ्यो ४ अर्ब २३ करोड रुपैयाँ पुँजीगत लाभकर

सेयर बजार उचाइमा पुग्दै नयाँ रकेर्ड बनाउँदा सरकारले पनि लाभकरमा रेकर्ड कायम राखेको छ । दैनिक २० देखि ३० अर्बको कारोबार हुन थालेपछि सेयर बजारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर उच्च संकलन भएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनमै पुँजी बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । जबकी गत वर्षभरी सरकारले सोही रकम हाराहारीमा मात्रै पुँजीगत लाभकर उठाएको थियो ।

२०८०/८१ मा सरकारले पुँजी बजारका लगानीकर्ताबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । साउनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा एकपछि अर्काे रेकर्ड कायम हुन थालेपछि पुँजीगत लाभकर पनि बढ्न पुगेको हो ।

पछिल्लो समय नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ भने कारोबार पनि करिब ३० अर्ब रुपैयाँ हाराहारीमा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?