त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट मात्रै एक खर्ब बढिकाे आयात

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विन्दुबाट आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ४५ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । अघिल्लो वर्ष १ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएकोमा यो वर्ष टीआइएको भन्सारको आयात ६.१ प्रतिशतले घटेको हो ।

सोही अवधिमा टीआईए हुँदै नेपालबाट ३४ अर्ब ३५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष ३५ अर्ब ५४ करोड ९० लाख रुपैयाँको निर्यात भएकोमा समीक्षा वर्षमा निर्याततर्फ पनि ३.४ प्रतिशतको गिरावट आएको राष्ट्र बैंकले जनाएको छ ।

तथापि, अधिकांश भन्सार कार्यालयहरूको आयात घट्दै गर्दा यो वर्ष उत्तरतर्फका दुईवटा भन्सार नाका रसुवागढी र तातोपानीतर्फको आयात भने सतप्रतिशतदेखि २०५ प्रतिशतसम्मले बढेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा वर्षमा तातोपानी भन्सार नाका हुँदै नेपाल भित्रिने मालवस्तुको आयात २०५.४ प्रतिशतले वृद्धि हुँदै ४० अर्ब ३४ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस भन्सार विन्दु हुँदै जम्मा १३ अर्ब २१ करोड रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएको थियो ।

यस्तै उत्तरतर्फकै अर्को भन्सार नाका रसुवागढीबाट समीक्षा अवधिमा ६० अर्ब ९१ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । अघिल्लो वर्ष ३० अर्ब १४ करोड १० लाख रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएकोमा पछिल्लो वर्ष १०२.१ प्रतिशतले वृद्धि भएको हो ।

खासगरी उत्तरतर्फको दुईवटा नाकाबाट चिनियाँ उत्पादन विद्युतीय सवारीको आयात बढ्दा समग्र आयातमा नै तीव्र वृद्धि भएको हो । भन्सार विभागको तथ्यांक अनुसार गएको वर्ष झण्डै १३ हजार विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । जसमध्ये अधिकांश सवारी चिनियाँ उत्पादन रहेका छन् ।

समीक्षा वर्षमा वीरगन्ज भन्सार भन्सार कार्यालयबाट ५ खर्ब ४६ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । यो अघिल्लो वर्षमा आयात भएको भन्दा ७.९ प्रतिशतले कमी हो । २०८० असार मसान्तसम्म यो भन्सार हुँदै ५ खर्ब ९३ अर्ब ३९ करोड १० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको थियो ।

यस्तै समीक्षा वर्षमा भैरहवा भन्सार कार्यालय हुँदै २ खर्ब ४५ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने विराटनगर भन्सार हुँदै १ खर्ब ६८ अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?