अन्डाको मूल्य कति घट्यो ?

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ ।

पछिल्लो पटक २८ असारमा तोकेको अन्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी घटाएको हो ।

२८ असारमा सबैभन्दा ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अन्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।

आइतबार बसेको संघको बैठकले सबैभन्दा ठूलो साइज अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी ठूलो अन्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ र मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको हो ।

पोखरेलका अनुसार अन्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?