अर्थतन्त्रका सूचकहरुमा सुधार, कर्जा विस्तारमा चुक्यो राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको आज आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कमा आधारित तथ्यांक सार्वजनिक गरेको हो ।

वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेकोछ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेकोछ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो। कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्बर निजी क्षेत्रमा प्रवाहित कर्जा रु.५० खर्ब ७४ अर्ब पुगेको छ ।

अघिल्लो वर्ष कर्जा प्रवाह सुस्त देखिए पनि गत आवमा तुलनात्मक रुपमा ३.८ प्रतिशतले कर्जा प्रवाह बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा २ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो।

अघिल्लो वर्ष १ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो। गत आवको मौद्रिक नीतिबाट राष्ट्र बैंकले कर्जा प्रवाहमा खुकुलो नीति लिनुका साथै दोहोरो अंकमा पुगेको ब्याजदरमा क्रमशः घट्न थाल्दा निजी क्षेत्रमा जाने कर्जाको रकम बढ्न पुगेको हो।

यद्यपि यो पनि अपेक्षित वृद्धि भने होइन। राष्ट्र बैंकले ११ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिए पनि ५.८ प्रतिशत मात्रै कर्जा प्रवाह भएको हो। चालू आवमा १२.५ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिइएको छ।

यो अवधिमा ६६.५ प्रतिशत कर्जा घरजग्गा धितोमा गएको छ भने १३.२ प्रतिशतश कर्जा सम्पतीको धितोमा गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?