भैरहवा र पोखरा विमानस्थलमा उडान भर्ने कम्पनीलाई निगमले प्रतिकिलोलिटर १०० डलर छुट दिने

नेपाल आयल निगमले भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा छुट दिएको छ।

बोर्डको सञ्चालक समिति बैठकले प्रतिकिलोलिटर इन्धनमा १०० डलर छुट दिने निर्णय गरेको हो।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको थियो। जसअनुसार निगमले लागत मूल्यबराबरको हवाइ इन्धनमा छुट दिनलागेको हो।

‘बिहीबार बसेको बोर्डको बैठकले प्रतिकिलोलिटरमा १०० डलर छुट दिने निर्णय गरेका छौँ’, वाणिज्य सचिव तथा नेपाल आयल निगमका बोर्ड अध्यक्ष मधुसुदन बुर्लाकोटीले भने, ‘भैरहवा र पोखरामा औसत लागत मूल्यअनुसार १०० डलर छुट दिने निर्णय गरेका हौँ।’

उनले भैरहवाको तुलनामा पोखरामा इन्धनको लागत फरक भए पनि औसत मानेर १०० डलर छुट दिने निर्णय भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?