निर्वाचन आयोगद्वारा अर्थ मन्त्रालयसँग बजेट रकमान्तरको विवरण माग

निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरबारे २४ घण्टे स्पष्टीकरण मागेको छ । आयोगले स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी चुनावको घोषणा भएपछि अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकमान्तर भएको हो भन्दै २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।

आयोगले चुनावको मिति घोषण भएपछि अर्थात साउन १९ गतेयता रकमान्तर र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टा भित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको हो । अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमानान्तर निकासा र स्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकता

विश्वकपलक्षित नेपाल टेलिकमको विशेष प्याकेज सार्वजनिक

औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

प्रदेश सरकारको बजेट २ खर्ब ५४ अर्ब

छुटाउनुभयो कि ?