जिडिपीमा सहकारीको योगदान मापन गर्न सर्वेक्षण सुरु गरिँदै

नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सहकारी क्षेत्रले पुर्‍याएको वास्तविक योगदानको पहिचान गर्न ‘सहकारी संस्था सर्वेक्षण’ सञ्चालन गरिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र सहकारी विभागको संयुक्त सहकार्यमा यो सर्वेक्षण हुन लागेको हो ।

सहकारी विभागले एक सूचना जारी गर्दै सर्वेक्षणका लागि तथ्यांक संकलन कार्य यही २०८२ चैत १९ गतेदेखि सुरु भई २०८३ असारसम्म चल्ने जानकारी दिएको छ । यस अवधिमा विभागले खटाएका गणकहरूले छनौटमा परेका विभिन्न सहकारी संघ/संस्थाहरूको स्थलगत भ्रमण गरी तथ्यांक संकलन गर्नेछन् ।

सहकारी विभागकी उप–रजिष्ट्रार सुचित्रा राईले सहकारी संस्थाहरूलाई सर्वेक्षणमा पूर्ण सहयोग गर्न अनुरोध गरेकी छिन् । तथ्यांक संकलनका लागि आउने गणकहरूलाई आफ्नो संस्थाको सही विवरण उपलब्ध गराएर समन्वय गरिदिन उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?