६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

समाचार सारांश
Auto Generated by AI
  • वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गर्न राष्ट्र बैंकमा पूर्वस्वीकृतिका लागि आवेदन दिएका छन्।
  • बैंकहरूले दशैं अगावै साधारणसभा गरी लाभांश वितरण गर्ने योजना बनाएका छन्।
  • राष्ट्र बैंकबाट छिटो स्वीकृति प्राप्त भएमा बैंकहरूले लाभांश घोषणा प्रक्रिया अगाडि बढाउनेछन्।

काठमाडौं । सेयरधनीहरूलाई गत आर्थिक वर्षको लाभांश वितरण गर्न ६ बैंकहरूले पूर्वस्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को वितीय विवरण सार्वजनिक गरेपश्चात् उनीहरूले लाभांश वितरण प्रक्रिया सुरू गरेका हुन् । बाह्य लेखापरीक्षणपछि लाभांशको पूर्वस्वीकृतिका लागि उनीहरू राष्ट्र बैंक गएका हुन् ।

हालसम्म एभरेष्ट, सानिमा, नबिल, कुमारी र माछापुच्छ्रे बैंकले लाभांश घोषणा अघि गत आबकाे वित्तीय विवरणकाे पूर्वस्वीकृति माग गर्दै राष्ट्र बैंक पुगेका हुन् । यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि लाभांश वितरणका लागि पूर्वस्वीकृति मागेको छ ।

बैंकहरूले लाभांश घोषणा अघि नेपाल राष्ट्र बैंकबाट अग्रिम स्वीकृत लिनुपर्छ । छिटो प्रिएप्रुभल पाएमा लाभांश घोषणा गरिहाल्ने र भदौ मसान्तसम्ममा अन्तिम स्वीकृति पाएमा दशैं अगाडि नै साधारणसभा गरी लाभांश वितरण गर्ने तयारीमा बैंकरहरू छन् । बैंकहरुले नगद लाभांशलाई प्राथमिकता दिने बैंकरहरु बताउँछन् । सञ्चालक समितिले प्रस्ताव गरेकाे लाभांश पारित गर्न साधारणसभा बोलाउनुपर्ने हुन्छ । लाभांश प्रस्तावका लागि पहिले राष्ट्र बैंकको प्रिएप्रुभल आउनुपर्ने भएकाले अहिले बैंकहरू यसको पर्खाईमा छन् ।

बैंकहरुले लाभांश प्रस्ताव गरेपछि साधारणसभा आह्वान गर्नुअघि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्छ । अन्तिम स्वीकृति पाएपछि साधारणसभाकाे मिति भन्दा २१ दिन अगाडि साधारणसभा आह्वानको सुचना प्रकाशित गर्नुपर्ने हुन्छ ।

भदौ मसान्तभित्रै अन्तिम स्वीकृति पाएमा उनीहरूले दशैं अगावै लाभांश वितरण गर्ने तयारी गर्नेछन् । तर प्रिएप्रुभलमै ढिलाई भएमा लाभांश वितरण प्रक्रिया लम्बिने बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकका अधिकारीहरूले सकेसम्म दशैंअघि नै लाभांश वितरण गर्नेगरी स्वीकृति प्रदान गर्न काम भइरहेकाे बताउँछन् । गत आबकाे अपरिस्कृत वित्तीय विवरण अनुसार लाभांश प्रस्तावका लागि राष्ट्र बैंकका पुगेका बैंकहरुमा नबिलकाे लाभांश क्षमता १९‍.१ प्रतिशत छ । एभरेष्ट बैंकको ३८.३२ प्रतिशत, सानिमा बैंकको २०.८५, माछापुच्छ्रे बैंकको ७.५१, कुमारी बैंकको ३.०२ प्रतिशत रहेको छ ।

यसअघि विकास बैंकहरूमा कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले प्रिएप्रुभल पाएर लाभांश घोषणा गरिसकेका छन् । उनीहरू लाभांश वितरणका लागि साधारण सभाको पर्खाइमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

देशभरका दूध उत्पादक किसानहरूको पक्षमा सर्वोच्च अदालत परमादेश जारी

छुटाउनुभयो कि ?