नेपाल भित्रियो ६६५ किमिसम्म रेन्ज दिने टाटा सिएरा ईभी

समाचार सारांश
Auto Generated by AI
  • टाटाले नाडा अटो शोलाई लक्षित गर्दै प्रिमियम इलेक्ट्रिक एसयूभी सिएरा ईभी नेपाल भित्र्याएको छ।
  • यो गाडी दुई ब्याट्री विकल्पमा उपलब्ध छ जसले अधिकतम ६६५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।
  • अत्याधुनिक प्रविधि र सुरक्षा फिचरले युक्त यो एसयूभी आधुनिक र मस्कुलर डिजाइनमा निर्माण गरिएको छ।

टाटा नयाँ प्रिमियम एसयूभी ‘सिएरा ईभी’ नेपालमा भित्रिएको छ।

नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडर्सले नाडा अटो शोलाई लक्षित गरेर सिएरा ईभी नेपाल ल्याएको हो।

टाटा मोटर्सले आफ्नो चर्चित ‘सिएरा’ मोडल गत जुनमा भारतमा विद्युतीय अवतारमा सार्वजनिक गरेको थियो। आधुनिक प्रविधि, बलियो डिजाइन, लामो रेन्ज र प्रिमियम इन्टेरियर युक्त सिएरा ईभीले प्रिमियम इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकालाई लक्षित गर्दै बजारमा ल्याएको छ।

नेपालमा सिएरा ईभीले मध्यमदेखि प्रिमियम वर्गका इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्ने देखिन्छ।

सिएरा ईभीको कन्सेप्ट पहिलो पटक अटो एक्स्पो २०२० र दोस्रो पटक अटो एक्स्पो २०२३ मा प्रदर्शन गरिएको थियो।

सिएरा ईभी प्योर, एडभेन्चर र इम्पावर्ड गरी तीन भेरियन्टमा उपलब्ध छ। सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका ब्याट्री विकल्प उपलब्ध छन्। ६३ किलोवाट आवरले ५३५ किलोमिटर र ७५ किलोवाट आवरले ६६५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। सिएरा ईभी रियल ह्वील ड्राइभ र अल ह्वील ड्राइभमा उपलब्ध छ।

गाडीको लम्बाइ ४३४० एमएम, चौडाइ १८४१ एमएम र उचाइ १७५० एमएम छ। यसको ह्विल बेस २७३० एमएम, ग्राउन्ड क्लियरेनस २०५ एमएम र बुट स्पेस ६२२ लिटर छ।

सिएरा ईभीको केबिनलाई प्रविधिमैत्री र प्रिमियम बनाउन टाटाले धेरै नयाँ फिचर प्रयोग गरेको छ। यसमा होरिजन भ्यू ट्रिपल स्क्रीन सेटअप, मल्टिकलर गाइडसहितको हाइपर हेडअप डिस्प्ले, ४–वे पावर को–ड्राइभर सिट, भेन्टिलेटेड सिट तथा आयोनाइजरसहितको क्याबिन स्टेरिलाइजेसन सिस्टम उपलब्ध छन्।

सुरक्षातर्फ सिएरा ईभीमा लेभल २ प्लस अड्यास अन्तर्गत २३ वटा फिचर समावेश गरिएको कम्पनीले जनाएको छ। यसले अगाडिको सडक तथा सम्भावित जोखिम पहिचान गरेर चालकलाई विभिन्न अवस्थामा सहयोग गर्नेछ। अटो पार्क असिस्टमा पनि १५ वटा फिचर रहेको टाटाको आधिकारिक विवरणमा उल्लेख छ। यसका साथै ५४० डिग्री क्यामेरा छ।

यी फिचरले सिएरा ईभीलाई केवल रेन्जमा मात्र नभई सुरक्षा र ड्राइभिङ प्रविधिमा पनि प्रतिस्पर्धी बनाएको छ।

त्यसैगरी १९ इन्च एलोय ह्विल, ३६० डिग्री सराउन्ड भ्यु सिस्टम, पारदर्शी मोडसहितको ५४० डिग्री भ्यु, अटो पार्क असिस्ट तथा अगाडि–पछाडिको टर्न क्यामेरा जस्ता फिचरले पार्किङ र ड्राइभिङलाई सहज बनाउने लक्ष्य राखेका छन्।

सिएरा ईभी टाटाको नयाँ पुस्ताको विद्युतीय एसयूभी हो। यसको डिजाइनमा पुरानो सिएराको पहिचान झल्किने बक्सी तथा मस्कुलर स्वरूपलाई आधुनिक एसयूभी डिजाइनसँग जोडिएको छ। टाटा मोटर्सले यसलाई ‘गो एनीवेयर, डु एनीथिङ’ अवधारणामा विकास गरेको छ। यो शहरको दैनिक प्रयोगदेखि लामो दूरी तथा कठिन सडकसम्म प्रयोग गर्न सकिने एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?