स्थानीयबासीलाई रु. १०० मै आईपीओ दिन इप्पानको आग्रह, प्रिमियममा बिक्री गर्ने प्रस्तावको विरोध

समाचार सारांश
Auto Generated by AI
  • इप्पानले स्थानीय प्रभावित बासिन्दाका लागि सेयर प्रिमियम मूल्यमा नभई अंकित मूल्य १०० रुपैयाँमै निष्कासन गर्नुपर्ने माग राखेको छ।
  • प्रिमियम मूल्यमा सेयर बिक्री गर्दा स्थानीयको पहुँच घट्ने र आयोजनाप्रतिको अपनत्व एवं विश्वास कमजोर हुने संस्थाको ठहर छ।
  • स्थानीयलाई अंकित मूल्यमै सेयर दिँदा सामाजिक विवाद कम भई आयोजना निर्माणमा सहयोग पुग्ने भएकाले विद्यमान नीति कायम राख्न इप्पानले आग्रह गरेको छ।

केही जलविद्युत् आयोजनाहरूको साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भइरहेका बेला स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे भइरहेको छलफलप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गम्भीर चासो व्यक्त गरेको छ।

इप्पानले स्थानीय प्रभावित बासिन्दालाई छुट्याइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता १०० रुपैयाँमै उपलब्ध गराइनुपर्ने स्पष्ट गर्दै धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को व्यवस्था पालना गर्न आफ्ना सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ।

संस्थाका अनुसार नियमावलीको नियम ९ को उपनियम (४) ले स्थानीय समुदायलाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर छुट्याउने कानुनी व्यवस्था गरेको छ। त्यसैले स्थानीयबासीका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्काशन गर्नु नियमको मर्मविपरीत हुने इप्पानको धारणा छ।

इप्पानले जलविद्युत् आयोजना केवल लगानीको माध्यम नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकास अभियान भएको उल्लेख गरेको छ। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने तथा निर्माण अवधिभर सहयोग गर्ने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयबासीका लागि सेयरको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

यदि स्थानीयबासीलाई प्रिमियम मूल्यमा सेयर बिक्री गरिए उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीचको विश्वासमा नकारात्मक असर पर्न सक्ने इप्पानले जनाएको छ।

इप्पानका अनुसार अंकित मूल्यमै सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना बढ्ने, सामाजिक विवाद तथा अवरोध कम हुने र आयोजना समयमै सम्पन्न गर्न सहयोग पुग्नेछ। साथै यसले स्थानीय समुदायको आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावलाई पनि टेवा पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।

इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवर्द्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाका लागि छुट्याइने सेयर प्रति कित्ता १०० रुपैयाँमै उपलब्ध गराउने विद्यमान नीतिलाई निरन्तर कायम राख्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सरकारले तत्काल निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्छ: इप्पान अध्यक्ष डाँगी

नेपालमा सबैभन्दा धेरै बीवाईडी गाडी भित्रियाे, अरू कुन कुन ब्रान्डका कति भित्रिए ?

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

छुटाउनुभयो कि ?