बैंक कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउँदा थप पारिश्रमिक दिनुपर्ने

समाचार सारांश
Auto Generated by AI
  • बैंकले कर्मचारीलाई अतिरिक्त काम गराउँदा अनिवार्य पारिश्रमिक दिनुपर्ने र जबर्जस्ती ओभरटाइम लगाउन नपाइने व्यवस्था गरिएको छ।
  • ज्येष्ठ नागरिक, अपाङ्गता भएका र साक्षर नभएका सेवाग्राहीलाई प्राथमिकता दिई छुट्टै काउण्टरबाट सेवा प्रवाह गर्न निर्देशन दिइएको छ।
  • प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा अपाङ्गमैत्री शाखा र ब्रेल तथा अडियो सुविधासहितको एटिएम राख्नुपर्ने नयाँ नियम लागू गरिएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सेवाग्राहीसँग सम्बन्धित विभिन्न नयाँ व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित कानून र निर्देशनअनुसार मात्रै काममा लगाउनुपर्नेछ। कार्यालय समयभन्दा अतिरिक्त समयमा काम गराएमा सम्बन्धित कर्मचारीलाई अतिरिक्त पारिश्रमिक दिनुपर्नेछ भने कसैलाई पनि जबर्जस्ती ओभरटाइम काम गर्न बाध्य पार्न पाइने छैन।

यससँगै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले यस्ता सेवाग्राहीका लागि विशेष काउण्टर तोकी सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। त्यस्ता शाखासम्बन्धी विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, एटिएम लाउञ्ज भएका स्थानमा ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एउटा अपाङ्गमैत्री एटिएम राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्ता एटिएमको विवरण समेत सम्बन्धित संस्थाले वेबसाइटमा राख्नुपर्नेछ।

राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्तिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएमजस्ता डिजिटल वित्तीय सेवा स्वयं प्रयोग गर्न सक्ने स्वघोषणाको आधारमा सेवा उपयोग गर्न सक्ने व्यवस्था समेत गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

नेपालमा सबैभन्दा धेरै डिजेल आयात

१० महिनामा झण्डै १७ खर्बको आयात, साढे दुई खर्बको निर्यात

मन्त्री लम्साल भन्छन्- मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो संकटमा पार्‍यो

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै उद्योगी चिन्तित

छुटाउनुभयो कि ?