नीति तथा कार्यक्रम अनुसार नै आगामी वर्षको बजेट आउँछ : अर्थमन्त्री

समाचार सारांश
Auto Generated by AI
  • आगामी बजेट सरकारको नीति तथा कार्यक्रमसँग पूर्ण रूपले मेल खाने गरी ल्याइनेछ।
  • निजी क्षेत्रका नाममा हुने बेथिति रोक्दै गरिब तथा विपन्न वर्गको उत्थानमा सरकार केन्द्रित हुनेछ।
  • सरकारका योजना जनताले अनुमोदन गरेको बाचापत्रमा आधारित रहेकाले यसमा नयाँपन खोज्नु निरर्थक छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी वर्षको बजेट आउने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण रूपमा तालमेल रहेको भन्दै आगामी बजेट पनि त्यही दिशामा हुने बताए ।

उनले निजी उद्यमीको आवरणमा बदमासी गर्नेहरूको बचाउ नगर्दिन विपक्षी सांसदहरूलाई आग्रह गरे । श्रमिक, किसान, भूमिहीन, सुकुम्वासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउने गरी सरकार प्रस्तुत हुने उनले बताए ।

गरिबीको खेती नै गर्ने एउटा ठूलो उद्योग रहेको भन्दै उनले त्यसले निरन्तरता नपाउने स्पष्ट पारे ।

मन्त्री वाग्लेले पुरानै शब्दजालको खोजी गर्नेहरूले सरकारको कार्यक्रममा नयाँ कुरा नभेटेको तर्क गरे । विद्रोहपछि धेरै कुरामा बदलाव भएको र बाचा पत्रमा प्रस्तुत गरेका सय बुँदालाई जनताले अनुमोदन गरेको भन्दै उनले त्यसलाई विशेष ध्यान दिने उल्लेख गरे ।

उनले सरकारको कार्यक्रमलाई आफ्नै दस्ताबेज बनाउन अर्को चुनाव कुर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

नेपालमा सबैभन्दा धेरै डिजेल आयात

१० महिनामा झण्डै १७ खर्बको आयात, साढे दुई खर्बको निर्यात

मन्त्री लम्साल भन्छन्- मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो संकटमा पार्‍यो

बैंक कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउँदा थप पारिश्रमिक दिनुपर्ने

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान

छुटाउनुभयो कि ?