प्रधानमन्त्री बालेनसहित अरू मन्त्रीहरूको सम्पत्ति कति ?

समाचार सारांश
Auto Generated by AI
  • नयाँ सरकार गठनपछि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।
  • प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद, सुन, जग्गाका साथै सामाजिक सञ्जालबाट आम्दानी हुने गरेको उल्लेख छ।
  • अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले पनि आफ्नो घर, जग्गा, शेयर र सुन लगायतको सम्पत्ति सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री बालेन साहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री बालेन सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएकाे हो ।

नयाँ सरकार बनेपछि सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै प्रश्न उठिरहेको थियो । यसबीचमा प्रधानमन्त्रीसहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

 
बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रुपैयाँ

प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रुपैयाँ रहेको छ।

आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार नगद मात्रै एक करोड ४६ लाख रुपैयाँ रहेको देखिएको हो।

फेसबुक, युट्युव, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।

यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहनाको स्रोत उनले पैत्रिक सम्पत्ति भनेका छन्।

काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नामा ५ आना र धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ विघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ।

अन्य सम्पत्तिको नाममा उनले फेसबुक, युट्युव र टिकटक रहेको उल्लेख गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति कति ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेको देखिएको छ।

ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री वाग्लेले बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । उनको विभिन्न पाँच कम्पनीमा चार करोड माथिको शेयर रहेको विवरणमा उल्लेख छ ।

जसमा सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ। नेशनल फण्ड म्यानेटमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, ३ करोड मूल्यको सेयर रहेको छ ।

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८, स्ट्याडर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमइबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन्।

जसमा राष्ट्रिय वाणिज्य बैंक र स्ट्याडर्ड चार्टड बैंकबाट ३८ लाख र ७५ लाख भने चुक्ता गरिसकेको उल्लेख गरेका छन्।

अर्थमन्त्री वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन्।

गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ मूल्यको सेयर

सार्वजनिक विवरण अनुसार गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ मूल्यको सेयर रहेको छ।

सुधन आफ्नै नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर (खरिद मूल्य ३० लाख मूल्य), लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान –खरिद मूल्य ५७ लाख), धितोपत्र बजारमा कारोबार हुने शेयरहरु २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको, एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार थान –खरिद मूल्य ७० लाख) रहेको छ। यी सबै सेयर खरिद व्यवसाय र पैत्रिक सम्पत्तिबाट किनेको गृहमन्त्री गुरुङको दाबी छ।

यस्तै, ८९ तोला सुन र ६ किलो चाँदी गृहमन्त्री गुरुङसँग रहेको छ। उनीसँग नगद मौज्दात ६१ लाख बढी देखिएको छ। लक्ष्मी बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा १ हजार ५७४ रुपैयाँ मौज्दात छ।

लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रुपैयाँ बराबरको गाडी गएको असोजमा खरिद गरेको खुलेको छ।

यस्तै, आफ्नो नाममा धनकुटाको कार्कीछापमा ५ मा १९ रोपनी १५ आना, पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?