चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा वाणिज्य बैंकहरुले साढे २ खर्बभन्दा बढी ब्याज आम्दानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुले माघ मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ३५ करोड ६० लाख रूपैयाँ ब्याज आम्दानी गरेका हुन् ।
सो रकम गत आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तुलनामा ९.५८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले २ खर्ब ९३ अर्ब ४७ करोड ४० रूपैयाँ बराबरको ब्याज आम्दानी गरेका थिए ।
जसमा नेपाल बैंकले माघ मसान्तसम्म १२ अर्ब २९ करोड ४१ लाख रूपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा ७.६७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १३ अर्ब ३१ करोड ६५ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले १६ अर्ब २२ करोड २ लाख रूपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा ४.५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १५ अर्ब ५१ करोड ४८ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।
नबिल बैंकले २२ अर्ब १३ करोड रूपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा ५.८९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले २३ अर्ब ५१ करोड ५१ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, चालु आवको माघ मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याज आम्दानी १८ अर्ब ६९ करोड ६४ लाख, स्ट्याण्डर्ड चाटर्ड बैंकको ४ अर्ब ३० करोड ७३ लाख, हिमालयन बैंकको १३ अर्ब ५४ करोड १७ लाख, नेपाल एसबीआई बैंकको ८ अर्ब ३९ करोड ९२ लाख, एभरेष्ट बैकको ११ अर्ब ७४ करोड २५ लाख, एनआईसी एसिया बैंकको १३ अर्ब ७७ करोड ६२ लाख, माछापुच्छ्रे बैंकको ७ अर्ब ९० करोड ७० लाख रूपैयाँ रहेको छ ।
त्यसैगरि, कुमारी बैंकको ब्याज आम्दानी १७ अर्ब १९ करोड २८ लाख, लक्ष्मी सनराइज बैंकको १४ अर्ब ८२ करोड ५४ लाख, सिद्वार्थ बैंकको १२ अर्ब १३ करोड ७० लाख, कृषि विकास बैंकको ११ अर्ब ६५ करोड ३७ लाख, ग्लोबल आईएमई बैंकको २३ अर्ब ३२ करोड ६५ लाख, सिटिजन्स बैंकको ८ अर्ब ९० करोड ५६ लाख, प्राइम बैंकको १२ अर्ब ९४ करोड ७३ लाख, एनएमबी बैंकको १२ अर्ब ३३ करोड ८७ लाख, प्रभु बैंकको १३ अर्ब २८ करोड १६ लाख र सानिमा बैंकको ९ अर्ब ७३ करोड २२ लाख रूपैयाँ रहेको छ ।

