चार महिनामा ६ करोड ६८ हजार रुपैयाँको अचार निर्यात

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ करोड ६८ हजार रुपैयाँको अचार निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ८ करोड ७१ लाख ७५ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।

भन्सार विभागका अनुसार १ लाख १ हजार ३१९ किलो अचार नेपालले विभिन्न मुलुकमा निर्यात गरेको हो । दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका, इटाली, जापान, बेलायत, बेल्जियम, डेनमार्क र मलेसियामा अचार निर्यात भएको छ ।

सबैभन्दा बढी दक्षिण कोरियामा १ करोड २५ लाख ३६ हजार, अस्ट्रेलियामा १ करोड १३ लाख १९ हजार रुपैयाँको अचार निर्यात भएको छ । सबैभन्दा कम मलेसियामा ३ लाख ५५ हजार रुपैयाँको अचार निर्यात भएको छ भने डेनमार्कमा ४ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ ।

गत वर्ष नेपालले अस्ट्रेलिया, अमेरिका, इटाली, जापान, क्यानडा, बेल्जियम, बेलायत, डेनमार्क, कोरिया र मलेसियामा अचार निर्यात गरेको थियो । सबैभन्दा बढी अस्ट्रेलियामा ३ करोड ४ लाख ४० हजार र सबैभन्दा कम मलेसियामा ५ लाख ५६ हजार रुपैयाँको अचार निर्यात भएको थियो । गत आर्थिक वर्षभर १८ करोड २६ लाख ४६ हजार रुपैयाँको अचार निर्यात गरेको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि मात्रै भन्सार विभागले अचार आयात र निर्यातको तथ्यांक राख्न थालेको हो । उक्त वर्ष ३९ लाख २२ हजार रुपैयाँको अचार निर्यात गरेको थियो । कोरोना महामारीपछि नेपालमा अचार उत्पादन उल्लेख्य रूपमा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?