मरिसससँगको साढे दुई दशक पुरानो ‘दोहोरो कर मुक्ति सम्झौता’ खारेज

सरकारले मरिसससँगको करिब साढे दुई दशक पुरानो ‘दोहोरो कर मुक्ति सम्झौता’ खारेज गरेको छ ।

आन्तरिक राजस्व विभागले सन् १९९९ अगस्ट ३ मा भएको उक्त सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी मरिससलाई गराएको हो ।

विभागका अनुसार नेपाल सरकारको तर्फबाट तोकिएको सक्षम अधिकारीको हैसियतले आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले कूटनीतिक माध्यममार्फत सम्झौताको धारा २९ को उपधारा १ बमोजिम सम्झौता खारेजीको औपचारिक पत्र पठाएका छन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले मरिसससँगको डीटीएए खारेज गर्ने निर्णय गरेको थियो ।

विभागले यो निर्णयलाई ‘रणनीतिक’ कदमको संज्ञा दिएको छ। सम्झौता खारेज गर्नुका पछाडि मुख्यतया दुईवटा कारणहरू औंल्याइएको छ । पहिलो, घरेलु कानुनमा परिवर्त । नेपालले लागू गरेको आयकर ऐन, २०५८ (सन् २००२) मा सन्धि कार्यान्वयनमा प्रभाव पार्ने आधुनिक कर दुरुपयोग नियन्त्रणका प्रावधानहरू समेटिएका छन् । विशेषगरी ऐनको दफा ७३ (५) अन्तर्गत ‘सीमित लाभ’ सम्बन्धी व्यवस्था छ, जुन पुरानो सम्झौतासँग मेल खाँदैनथ्यो ।

दोस्रो, विश्वव्यापी कर सहयोगमा परिवर्तन । सन् १९९९ पछि विश्वव्यापी कर शासनमा आमूल परिवर्तन आएका छन् । ओईसीडीको कर आधार कटौती तथा मुनाफा स्थानान्तरण जस्ता परियोजनाले कर सम्झौताहरूमा बढी पारदर्शिता र कर दुरुपयोग नियन्त्रणको माग गर्दछन् । पुरानो सम्झौताले यी नयाँ मापदण्डहरू पूरा गर्न नसक्ने भएकाले खारेजी गरिएको विभागले जनाएको छ ।

पुरानो सम्झौता खारेज भए पनि नेपाल मौरिसससँग द्विपक्षीय आर्थिक र कर सहयोगलाई प्रवर्द्धन गर्न सक्रिय रहने विभागका निर्देशक बासुदेव पौडेल बताउँछन् । डीटीएए खारेजीले नयाँ र आधुनिक ‘दोहोरो कर मुक्ति सम्झौता’ तथा ‘द्विपक्षीय लगानी संरक्षण सम्झौता’ मा वार्ता गर्ने सम्भावनालाई अझ खुला गरेको उनको भनाइ छ ।

अब गरिने कुनै पनि भावी सम्झौता पारस्परिक हित, अधिक पारदर्शिता र परिवर्तित घरेलु तथा विश्वव्यापी आर्थिक वातावरणसँग एकरूपता हुने गरी गरिने विभागले प्रस्ट पारेको छ ।

हालको डीटीएएको धारा २९ मा उल्लिखित प्रावधान अनुसार यो खारेजी नेपालको हकमा आगामी आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?