वैदेशिक रोजगार ऐन संशोधन गर्न माग

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन २०६४ तथा संशोधित ऐन, २०७५ लाई संशोधन गर्न माग गरेको छ।

संशोधित ऐनमा ‘गन्तव्य मुलुकको नेपाली कुटनीतिक नियोगबाट प्रमाणित मागपत्र र अख्तियारीको सक्कल प्रति पेश गर्नु अनिवार्य’ भन्ने कानुनी व्यवस्थाको कारण प्रशासनिक प्रक्रियाले श्रमिक तथा वैदेशिक रोजगार सेवा प्रदायक दुवै पक्षलाई प्रत्यक्ष असर परेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले तात्कालिक हस्तक्षेपको माग गरेको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गन्तव्य मुलुकमा बढ्दो लागत, सरकारको कर नीतिको प्रभाव तथा लागतमा आधारित विभिन्न शुल्कहरूका कारण वैदेशिक रोजगारीको खर्च अत्यधिक बढिरहेको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मञ्चका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले कानुनी झन्झटका कारण नेपाली युवाहरू विदेश जान हतोत्साहित भएको बताए। उनले आर्थिक वर्ष २०७९/८० मा २ लाख ४८ हजार नेपालीले वैदेशिक रोजगारी अनुमति लिए पनि यो संख्या अपेक्षाअनुसार नबढ्नु नीतिगत कमजोरीको परिणाम भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?