वाणिज्य बैंकहरुको नाफामा भारी गिरावट

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म आइपुग्दा बैंकको नाफामा उल्लेख्य घटेको हो ।

चालू आवको भदौसम्म वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएकामा थिए ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले नाफा कमाएको छ । यस बैंकले भदौ मसान्तसम्ममा १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ । जबकि यस बैंकको नाफा गत आवको तुलनामा ७।२६ प्रतिशतले घटेको छ ।

त्यस्तै, नविलको नाफा पनि १५.१७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाउँदा कुमारी बैंकले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कमाएको छ । प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कमाएको छ भने एनएमबीले १ अर्ब ३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकको रहेको छ । यस बैंकले यस अवधिमा ३५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, हिमालयन बैंकले ३७ करोड ७ लाख, माछापुच्छ्रेको ४८ करोड २० लाख र एनआईसी एशिया बैंकको ४९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?