व्यवसायी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक सार्वजनिक

चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘व्यक्तित्व योगदान’ सार्वजनिक भएको छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबिच ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यावसायिक क्षेत्र र चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणादायी हुने बताए ।

प्रधानमन्त्री ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट पारे ।

हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जालमा विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको उनको टिप्पणी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?