सुनको मूल्य प्रतिताेला एक लाख ७० हजारमाथि

आज पनि सुनको मूल्य बढेको छ। गएकाे आइतबार र सोमबार बढेको सुनको मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला ६ सय बढेर आज सुनको मूल्य प्रतिताेला एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको छ।

गएको शुक्रबार थोरै घटेको सुनको मूल्य त्यसयताका तीन दिन लगातार बढिरहेको छ। सुनको मूल्य हिजो प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो

आइतबार सुन एक लाख ६८ हजार दुईसय रुपैयाँमा किनबेच भएको थियो। गत साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँ गिरावट आएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?