नेपालकाे पर्यटनले कोरोना महामारीअघिकै अवस्थाको लय समातेको छ।
सन् २०२४ मा साढे ११ पर्यटक नेपाल आएका हुन्।
पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जाेशीले नेपालकाे पर्यटन सन् २०१९ काे अवस्थामै फर्केको बताए।
‘२०२३ मै पर्यटन पुन:स्थापना भैसक्नुपर्ने थियाे, एक वर्ष ढिला गरी करिब पुरानै अवस्थामा फर्किएका छाैँ, सीईओ जाेशीले भने, ‘२०२४ काे डिसेम्बर अन्तिमसम्म साढे ११ लाख पर्यटक भित्रिएका छन्।’
बाेर्ड स्थापनाकाे २६ वर्ष पुगे पनि आक्रमक रूपमा बढ्न नसकेकाे बताउँछन्। नेपालकाे पर्यटक विदेशीलाई लक्षित गरेकाेमा पछिल्लाे दशक आन्तरिक पर्यटकतर्फ लक्षित पूर्वाधार निर्माण भइरहेकाे बताएका छन्।

