करदाताले आयविवरण मङ्सिरभित्रै बुझाउनुपर्ने बाध्यता हट्यो आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णय

काठमाडौं । वार्षिक २५ करोड रूपैयाँसम्मको कारोबार गर्ने निकाय र अन्य करदाताले मङ्सिरभित्रै आय विवरण बुझाउनुपर्ने बाध्यता तत्काललाई हटेको छ ।

अधिवक्ताद्वय सृजना अधिकारी र स्वस्तिका दंगाल, नेपाल ट्याक्स पेयर्स सोसाइटीका अध्यक्ष टीका कार्की र चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेतीले संयुक्त रूपमा दायर गरेको रिटमा पाटन उच्च अदालतले सुनुवाइ गर्दै वार्षिक २५ करोड रुपैयाँसम्मको कारोबार गर्ने निकाय र अन्य करदाताले आय विवरण बुझाउने म्याद थप नगर्ने आन्तरिक राजस्व विभागको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।

आयकर ऐन २०५८ को दफा ९८ मा करदातालाई आय विवरण पेश गर्न विभागले एकैपटक वा पटकपटक गरी बढीमा ३ महीना म्याद थप गर्न सक्ने व्यवस्था छ । तर, वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र कारोबार शून्य भएका निकायको हकमा आय विवरण बुझाउने म्याद नथप्ने निर्णय विभागले गत असोजमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?