सेयर बजारमा हरियाली

सोमबार पनि हरियालीतर्फ नै बढेको छ। चाडबाड सकिएपछिको सेयर बजार व्यापक हरियालीतर्फ देखिएको हो।

सोमबार हरियालीतर्फ ठूलो उतारचढाव देखिँदै २२.१४ अंकले बढेर बजार २७६०.२१ बिन्दुमा पुगेको छ।

१४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। ९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही ‘बाउन्स ब्याक’ भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू थिए। कात्तिकमा बजारले त्यसअनुसार साथ नपाइरहँदा आइतबार र सोमबार भने व्यापक वृद्धि देखिएको छ।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो।

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?