आगामी शुक्रबार (२३ कात्तिक)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । यो विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएको छ ।
विमानस्थल दैनिक १० घण्टा बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नती गर्ने भएको हो । शुक्रबारबाट करिब ५ महिनासम्म विमानस्थल विस्तार हुने भएकोले यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने भएको छन् ।
यो अवधिमा अन्तर्राष्ट्रिय उडानसमेत कटौती हुँदै छन् । प्राधिकरणले विमानस्थलको मर्मतका क्रममा वायुसेवा कम्पनीहरुलाई पोखरा र भैरहवा विमानस्थलबाट उडान गर्न आग्रह गरेको छ ।
शुक्रबारबाट विमानस्थल राति १० बजे बन्द हुने हुँदा सो भन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गरिसक्न पनि आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले बताएको छ ।

