दुई वर्ष नपुग्दै देवांश बुढाथोकी कराँते खेलमा आकर्षित भएका छन् ।
कराँते डोजोमा गएर नियमित रूपमै उनलेे कराँते सिकिरहेका छन् ।
आफ्नो छाेरा सानै उमेरदेखि कराँतेमा आकर्षित भएकोप्रति उनकाे परिवार दंग छ ।
कराँते स्वाथ्यसँगै राष्ट्रका लागि पनि जरुरी भएकाले छाेरालाई कराँते सिकाइ रहेकाे प्रशिक्षक देवांशका बुबा दिलबहादुर बुढाथोकी बताउँछन् ।
उनका अनुसार आत्मरक्षाका लागि कराँते जरुरी रहेकाले सबै अभिभावकले आफ्ना बालबच्चालाई यो खेल सिकाउन जरूरी छ ।
माेबाइल र टिभीबाट बच्चालाई टाढा राख्न पनि नियमित खेल खेलाउन जरुरी रहेको उनी बताउछन् ।

