नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ ल्याएको छ ।
बैंक तथा वित्तीय संस्थामा खोलिएका खाताहरूलाई पारदर्शी, तथा व्यवस्थित बनाउन उक्त नियमावली ल्याइएको बताइएको छ ।
प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण खुलाउनुपर्ने छ । त्यस्तै, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण पनि बुझाउनुपर्ने छ ।

