काठमाडौंको अनामनगरमा विद्यावारिधीको अध्ययनमा सक्रिय युवाहरूले ‘स्वदेशी ज्ञानसत्ता’ अभियानमा सक्रिय भएर अनामनगर युनियन हाउस भाेलीदेखि विधिवत् रूपमा सञ्चालनमा ल्याउने भएका छन्।
युनियन हाउसका अध्यक्ष सुर्य माखिमका अनुसार शनिबारदेखि विधिवत् रूपमै संचालनमा आउन लागेको युनियन हाउसमा कार्यक्रम हल, रेष्टुरेण्ट, बारदेखि रैथाने परिकारको राम्रो प्रवन्ध रहेको छ ।
पहिलो चरणमा १ करोड लगानी गरिएको छ । दोस्रो र तेस्रो चरणमा डेढ करोड थप लगानी गरिनेछ । कुल अढाई करोडमा युनियन हाउस पूर्ण संचालमा ल्याउने तयारी रहेको उनले लगानी पत्रलाई जानकारी गराए।
‘अहिले ५०/५० र अर्को डेढसय जना अट्ने हल, क्याफेट एरिया, रेष्टुरेन्ट संचालनमा रहेको छ,’ उनले भने, ‘पूर्ण संचालनमा ल्याउँदा एउटा तीनसय जना अट्ने ठूलो हल, ५०/५० जना अट्ने साना दुई ओटा हल, १० ओटा डिलक्स रुम संचालनमा आउनेछ ।,’
रैथाने, वैदिक र बौद्ध विचारलाई एकीकृत गरेर अध्ययन गरिने स्वदेशी ज्ञानसत्ताको अध्ययन गर्दै आर्ट ग्यालरीको रुपमा विकास गर्ने उदेश्यले युनियन हाउस सञ्चालनमा ल्याउन लागिएको माखिमले बताए ।
उनका अनुसार युनियन हाउसमा इतिहास, राजनीति र वौद्ध धर्मका विषयमा सातामा २ पटक पिएचडी शोधार्शीबीच अन्तरकृया, छलफल समेत हुने गरेको छ ।
माखिमको नेतृत्वमा मनोरमा सुनुबार, विक्रम लिम्बु, विश्वबन्धु कार्की, किशोर आङदेम्बे, रेजी शेर्पा, विलास याेङ्गा, मुकुम नेवाङ, नविन सुनुबार पनि युनियन हाउसको संचालकमा छन ।

