पुँजीकोष न्यून भएर दबाब झेलिरहेका बैंकहरूलाई कर्जा विस्तार गर्न सहज, राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था !

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०८०/८१ मा अतिरिक्त पुँजीकोष कायम गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै उक्त व्यवस्था भएको जनाएको हो ।

यसअघि आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म ०.५ प्रतिशत कायम गर्नुपर्ने देखिएकोमा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम भएको जनाएको छ ।

यससँगै बैंकहरुले प्राथमिक पुँजीकोष ८.५ प्रतिशत र पुरक पुँजीबाट २.५ प्रतिशत गरी न्यूनतम ११ प्रतिशत पुँजीकोष कायम गरे पुग्नेछ । दुई वर्षदेखि प्राथमिक पुँजीकोष न्यून भएर दबाब झेलिरहेका बैंकहरूलाई कर्जा विस्तार गर्न केही सहज हुने भएको छ ।

क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ मा उल्लिखित काउन्टर साइक्लिकल बफरसम्बन्धी व्यवस्थाअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा निजी क्षेत्रमा प्रवाह भएको कर्जाको औसत अनुपात र पछिल्लो आर्थिक वर्षको जीडीपीमा निजी क्षेत्रको कर्जाको अनुपातबीचको अन्तर निकाल्नुपर्ने हुन्छ ।

पाँच वर्षको औसतको तुलनामा गत वर्ष भएको कर्जा विस्तार निकै धेरै भयो भने त्यसले जोखिम बढाउने विश्लेषण गरी थप पुँजीकोष राख्नुपर्ने हुन्छ । जीडीपीमा निजी क्षेत्रमा कर्जाको ५ वर्षको अनुपातकै औसत र पछिल्लो आवको अनुपातको अन्तर जति धेरै भयो काउन्टर साइक्लिकल बफर त्यति बढी लाग्छ ।

क्यापिटल एडिक्वेसी फ्रेमवर्कअनुसार ‌औसत फरक अंक ५ सम्म आउँदा थप क्यापिटल बफर राख्नु पर्दैन । यसपटक ५ भन्दा कम आएकाले शून्य प्रतिशत कायम भएको हो ।

२०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । चालु आवबाट नेपाल राष्ट्र बैंकले २ करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न सक्ने व्यवस्था गरेको छ ।

यसबाट लघु, घरेलु तथा साना एवं मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भई आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?