किसानको गुनासोः तरकारीले बजार नपाएर बारीमै सड्दा त मनै भक्कानिन्छ

व्यावसायिक तरकारी खेतीमा लागेका बैतडीको दशरथचन्द नगरपालिकाका किसान कृष्णबहादुर बोहराले आफूहरूले बारीमा उत्पादन गरेको तरकारीले बजार पाउन नसकेको गुनासो गरेका छन् । तरकारी बजारीकरणका लागि सरकारले समेत ध्यान नदिएकामा उनले दुःख व्यक्त गरेका छन् ।

उनले भने ‘हामीले बारीमा उत्पादन गरेको तरकारीले उचित मूल्य नै पाउँदैन । बजारका बिक्रेताहरूलाई फोन गरेर तरकारी किनीदिनू भन्दा अलिअलि बेचिने हो, केही आफै बजारमा लगेर बेचिन्छ । बाँकी बेच्न गाह्रो छ । बारीमा उत्पादित तरकारीले बजार पाउनै मुस्किल छ । यसले गर्दा हामीलाई धेरै समस्या हुने गरेको छ ।’

बारीमा मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाएर बारीमै सड्दा त मनै भक्कानिएर आउने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?