निष्क्रिय कर्जा दुई खर्ब चार अर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा बढ्दै गएको छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा ऋणीले बैंकको किस्ता तिर्न सकिरहेका छैनन् । यही कारण बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । गत जेठ मसान्तसम्म निष्क्रिय कर्जा तीन दशमलव ९८ प्रतिशत पुगेको छ ।

जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ६२ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ५१ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये करिब चार प्रतिशत अर्थात् दुई खर्ब चार अर्ब ११ करोड रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ६४ प्रतिशत विन्दु अर्थात् ४१ अर्ब ९४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा औसत निष्क्रिय कर्जा तीन दशमलव ३४ प्रतिशत थियो ।

एक वर्षअघि बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ६८ अर्ब रुपैयाँ र कर्जा प्रवाह ४८ खर्ब ५५ अर्ब रुपैयाँ थियो । त्यसबेला निष्क्रिय कर्जा तीन दशमलव ३४ प्रतिशत अर्थात् एक खर्ब ६२ अर्ब रुपैयाँ थियो ।

गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले ५५ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल प्रवाह भएको कर्जामध्ये तीन दशमलव ८९ प्रतिशत अर्थात् एक खर्ब ७६ अर्ब रुपैयाँ निष्क्रिय कर्जा छ । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव ६६ प्रतिशत विन्दु अर्थात् ३७ अर्ब ४८ करोड रुपैयाँ बढी हो । एक वर्षअघि वाणिज्य बैंकहरूले ४९ खर्ब १० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४२ खर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसबेला निष्क्रिय कर्जा तीन दशमलव २३ प्रतिशत अर्थात् एक खर्ब ३८ अर्ब रुपैयाँ थियो ।

विकास बैंकहरूले गत जेठ मसान्तसम्म पाँच खर्ब ९४ अर्ब रुपैयाँबराबरको निक्षेप सङ्कलन गरी चार खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जेठ मसान्तमा विकास बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ६३ प्रतिशत अर्थात् १८ अर्ब छ करोड रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव २३ प्रतिशत अर्थात् दुई अर्ब २४ करोड रुपैयाँले बढी हो । गतवर्ष जेठमा विकास बैंकहरूको निक्षेप सङ्कलन पाँच खर्ब ४९ अर्ब रुपैयाँ र कर्जा प्रवाह चार खर्ब ६५ अर्ब रुपैयाँ थियो भने निष्क्रिय कर्जा तीन दशमलव ४० प्रतिशत अर्थात् १५ अर्ब ८१ करोड रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा गत जेठमा १० दशमलव ४० प्रतिशत अर्थात् १० अर्ब २६ करोड रुपैयाँ छ । जेठसम्म फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब २६ अर्ब र कर्जा लगानी ९८ अर्ब ६९ करोड रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूको यो निष्क्रिय कर्जा एक वर्षअघिको तुलनामा दुई दशमलव २१ प्रतिशत विन्दु अर्थात् दुई अर्ब ७० करोड रुपैयाँ बढी हो । एक वर्षअघि २०८० जेठमा फाइनान्स कम्पनीहरूको निक्षेप एक खर्ब नौ अर्ब रुपैयाँ र कर्जा लगानी ९२ अर्ब ३३ करोड रुपैयाँ थियो । त्यसबेला फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा आठ दशमलव १९ प्रतिशत अर्थात् सात अर्ब ५६ करोड रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?