हिजोआज सेयर कारोबारमा उछाल आएको छ। यसकाे मापक नेप्से परिसूचक ७०.८१ अंकले बढेको छ । योसँगै करोबार रकम पनि हालसम्मकै उच्च बनेर नयाँ रेकर्ड कायम भएको छ । सोमबार सवा २७ अर्ब रुपैयाँको कारोबार भएको छ । आइतबार पौने २६ अर्ब रुपैयाँको कारोबार भएको थियो हो । केही दिनयता करोबार रकमले हरेक दिन नयाँ उचाइ बनाउँदै आएको छ ।
दुई दशमलव ४७ प्रतिशतले बढेको नेप्से २९३१.६५ अंकमा सीमित भएको छ । आज कुल ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । कुल १७१ कम्पनीको मूल्य बढ्यो भने ६८ कम्पनीको मूल्य घट्यो ३ कम्पनीको स्थिर रह्यो ।
अधिंकाश उपसमूहहरु बढ्दा इन्भेष्टमेन्ट र उत्पादन तथा प्रशोधन उपसमुह घट्यो । सबैभन्दा बढी जिवन बिमा ८१५.८१ अंकले बढेको छ भने निर्जिवन बिमा ४१२.४५ अंकले बढेको हो । होटल तथा पर्यटन २२०.८७, फाइनान्स १६६.६१, व्यापार १६३.७६ अंकले बढ्यो ।
घट्ने उपसमूहहरुमा उत्पादन तथा प्रशोधन ९९.२८ अंकले घट्यो । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, स्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनी, शुभम पावर कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनीलगायतको मूल्य १० प्रतिशतले बढ्यो ।
कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र नेपाल फाइनान्स कम्पनी अघि रह्यो ।

